काभ्रेमा चम्किदै प्राज्ञिक विद्यार्थी परिषद

छुट्टा–छुट्टै नगर समिति गठन गर्दै बनेपा र धुलिखेल नगरको अभ्यास वर्ग संयुक्त रुपमा सम्पन्न


काभ्रे, असोज ५ ।
प्राज्ञिक विद्यार्थी परिषद नेपालले काभ्रेको बनेपा र धुलिखेल नगरको एक दिवसीय अभ्यास वर्ग संयुक्त रूपमा सम्पन्न गरेको छ । एक दिवसीय अभ्यास वर्ग कार्यक्रममा धुलिखेल र बनेपाको छुट्टा छुट्टै नयाँ नगरसमिति समेत गठन गरिएको छ ।

जसमा बनेपामा नारायण परियारको नेतृत्वमा १५ सदस्यीय नगर समिति गठन गरिएको छ भने धुलिखेलमा निराजन परियारको नेतृत्वमा नगर समिति गठन गरिएको छ । कार्यक्रममा बनेपा र धुलिखेलका गरी १० वटा कलेजका करिब २ सय १५ विद्यार्थी सहभागि थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती राजेन्द्र कुमार लिम्बूले विद्यार्थी परिषदले गर्ने यस्ता प्रकारका रचनात्मक एवं प्रशिक्षणात्मक गतिविधिमा सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

कार्यक्रमका प्रमुख प्रशिक्षक एवं विद्यार्थी परिषदका केन्द्रीय सदस्य र प्रदेश नं ५ का प्रदेश अध्यक्ष दीपक ढकालले समय व्यवस्थापन र विद्यार्थी जीवनमा सामाजिक कार्य कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गर्नुु भएको थियो ।

उक्त कार्यक्रममा परिषदका राष्ट्रिय सचिव छितराज न्यौपानेले विद्यार्थी परिषदको सैद्धान्तिक भुमिका, राष्ट्रिय छात्रा प्रमुख भगवती श्रेष्ठले कार्य पद्धति, अथिति प्रहरी निरीक्षक सुनिलजंग शाहले महिला हिंसा न्यूनिकरणका विषयका बारेमा कार्यक्रममा सहभागीलाई जानकारी गराउनु भएको थियो ।

यस्तै राष्ट्रिय सह छात्रा प्रमुख बिन्द्रा वि.क ले समग्र विद्यार्थी परिषदमा विद्यार्थीले निर्वाह गर्नु पर्ने भुमिका एवं यसमा काम गर्दाका फाइदाहरुको बारेमा जानकारी गराउनु भयो ।

शुक्र, अशोज ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया