
३ असोज, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका नेतृ एवं पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’ लाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकारको नाममा आदेश दिएको छ ।
पदमबहादुर भुजेलले सोमबार दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै मंगलबार सो आदेश दिएको हो । भुजेलले रिट दायर गरेको यो दोस्रो पटक हो ।
नुवाकोट जिल्ला प्रहरी कार्यालयले लगाएको नागार्जुन कन्ट्रक्सनको स्काभेटरमाथि आगजनी गरेको अभियोग प्रमाणहीन भएको ठहर गर्दै गैरकानूनी थुनाबाट मुक्त गर्न आदेश दिएलगत्तै भुजेललाई भदौ२९ गते बेलुका सर्वोच्च अदालत परिसरबाटै गिरफ्तार गरी हाल दाङ जिल्ला प्रहरीको हिरासतमा राख्दै आएको छ ।
त्यो गिरफ्तारी उनको तेस्रोपटक हो । त्यसअघि काभ्रेको नमोबुद्ध नगरपालिकास्थित एक क्रसर उद्योगमा आगो लगाएको अभियोग पनि अप्रमाणित ठहर गरेर रिहाईको आदेश दिएकोमा लगत्तै गिरफ्तार गरी नुवाकोट पुर्याइएको थियो ।
उनलाई गएको भदौ १२ गते काठमाडौंको वनस्थलीस्थित खरिबोटबाट गिरफ्तार गरी काभ्रे जिप्रका हिरासतमा राखिएको थियो ।
बुध, अशोज ३, २०७५ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रमुख खबर समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

रूद्र खड्का/ललितपुर, फागुन ७ । सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५

काठमाडाैं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको संगठन सुदृणिकरण तथा

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै ‘जनयुद्ध’को घोषणा

काठमाडौ, १ फागुन । नेपालमा दस वर्षे जनयुद्ध भएको आज २३ वर्ष पूरा गरी २४