कैलालीबाट नेकपाका नगरपालिका ईन्चार्ज गिरफ्तार


२९ साउन, कैलाली ।

आज आह्वान गरिएको नेपाल बन्दका क्रममा देशभर नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता गिरफ्तार पर्ने क्रम रोकिएन । दुई दर्जनभन्दा बढी संख्यामा जिल्ला तहका जनवर्गीय संगठन र जिल्ला पार्टीका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

सोही क्रममा नेकपाका घोडाघोडी नगरपालिका नगर ईन्चार्ज छविलाल ओली घर्तीलाई प्रहरीले गिरफ्तार गरेको छ । बन्दका क्रममा खटिएका बेला भेटिएपछि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

घर्तीलाई जिल्लाको सिम्थरीबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । बन्दका कारण कैलालीमा यातायात, शिक्षण संस्था, कलकारखाना, उद्योग, बजार बन्द रहे ।

घर्तीलाई गिरफ्तार गरिएको भन्दै नेकपा कैलालीले उनलाई निसर्त तत्काल  रिहा गर्न सरकारसँग जाेडदार माग गरेको छ । रिहा नगरिए संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत उसले दिएको छ ।

मङ्ल, साउन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया