पूर्वी क्षेत्रमा नेकपाको बन्द प्रभावः स्वस्फुर्त बन्दको समर्थनमा स्थानीय र व्यावसायी, ईन्चार्ज प्रज्वलले दिए धन्यवाद


धरान, २९ साउन ।

नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशका विभिन्न भागमा परेको छ । बन्दका क्रममा एकाबिहानै देखि काठमाण्डौ उपत्यका सहित मुलुकका बिभिन्न स्थानमा बम बिस्फोट तथा आगजनी र तोडफोडका घटनाहरु पनि भएका छन् ।

उता पूर्वी क्षेत्रमा भने अघिल्लो पटक भन्दा यसपटकको बन्द प्रभावकारी बनेको छ । पछिल्लो समय सुनसरीको धरानमा बन्दको प्रभाव कम पर्ने गरेको भएपनि मंगलबार बन्दको प्रभाव परेको देखिन्छ ।
पेट्रोल पम्प, कलेज, विद्यालय बन्द रहे भने सडक पनि दिनभर खाली थियो । धरान बसपार्क पनि दिनभर खालि रह्यो ।
सडकमा प्रहरीका भ्यान र मोटरसाईकलहरुमात्र कुदेका हाम्रा सहकर्मीले जनाएका छन् ।

लामो तथा छोटो दुरीका सार्वजनिक सवारी चलेका छैनन् । इलाका प्रहरी कायार्लय धरानका डिएसपी सुमन तिम्सिनाले पनि नेपाल बन्दका क्रममा धरान शान्तिपुर्ण रहेको तर यातायातका साधनहरु भने बन्द भएको बताउनु भयो ।

प्राय जसो जस्तो सुकै बन्द भएपनि धरानमा यातायात तथा बजार पसल खुल्ने गरिएको भएपनि यसपटकको बन्दमा उद्योगी, ब्यावसायी तथा सर्वसाधारणले बन्दलाई मौन समर्थन जनाएका छन् ।

यस्तै सुनसरीको ईटहरी लगायतका क्षेत्रमा पनि आज सडकहरु खालि जस्तै भएका थिए । केहि स्थानहरुमा भने आंसिक रुपमा सवारी चलेको पनि हाम्रा सहकर्मीले जनाएका छन् । पूर्वका बिभिन्न स्थानमा बन्द सफल बनाउन सडकमा निस्कीएर बन्दकर्ताले टायर बालेका थिए ।

बन्दको अवज्ञा गर्ने एउटा ट्रकमाथि बन्दकर्ताले सुनसरीको हरिपुर भन्ने स्थानमा तोडफोड गरेका छन् ।

यसैबीच नेकपा सुनसरीका ईन्चार्ज प्रज्वलले पार्टीले गरेको नेपाल बन्दलाई समर्थन गरेर सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले बिशेषगरी आज धरानबासीले बन्दलाई मौन समर्थन जनाएर साथ दिनु दिएको भन्दै उहाँले बिशेष आभार ब्यक्त गर्नुभएको हो ।

बन्दका कारण आज मंगलवार बिहानैबाट उपत्यका सहित बाहिरि जिल्लाहरुमा सवारी साधन सन्चालनमा आउन सकनन् भने कतिपय स्थानमा बन्दको अवज्ञा गर्ने सवारीमाथि बन्दकर्ताले तोडफोड पनि गरेका छन् ।

काठमाडौ, ललितपुर , भक्तपुर, लमजुङ, नवलपरासी, रोल्पा लगायतको थुप्रै स्थानमा बम बिस्फोट तथा फेला परेका छन् ।
लमजुङको मध्यनगरपालिका स्थित दुईपिप्ले र भोर्लेटारको बिचमा शक्तिशाली बम बोस्फोट भएको प्रहरीले जनाएको छ ।

ललितपुरको बटुकी भैरव, कुपण्डोल , ग्वार्को लगायतका स्थानमा फेला परेको बम पनि सेनाले निस्कृय पार्यो भने भक्तपुरका सूर्य्विनायक र लोकन्थलीमा पनि बम भेटिएको प्रहरीले जनाएको छ ।
राजधानीकै बल्खु, नैकाप, कलङकी, नागढुङगा र थानकोटमा पनि विहान फेला परेको बम नेपाली सेनाको डिस्पोजल टोली निष्कृय पारेको छ ।

पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमाथि आगजनी भयो । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकी राखेको ना. २ ख ८४८७ र ना २ ख २५४८ नं. का ट्रकमाथि आगजनी भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

नेकपाले पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डको गिरफ्तारीको विरोधमा नेपाल बन्दको आह्वान गरेको हो । यही साउन २२ गते साँझ काठमाडौँको दक्षिणकालीबाट प्रवक्ता प्रकाण्डसहित तीनजना गिरफ्तार गरेपछि नेकपा आक्रमक बन्दै गएको छ ।तस्विरः उपेन्द्र चाम्लिङ

मङ्ल, साउन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया