नेकपाको बन्दको कारण मुलुकभरको जनजीवन प्रभावित, गैंडाकोटमा दुईवटा ट्रकमाथि आगजनी


काठमाडौं, साउन २९।
नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दले मुलुकभरको जनजीवन प्रभावित भएको छ ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोध गर्दै नेकपाले बन्द आह्वान गरेको हो ।

बन्दका कारण निजी शैक्षिक संस्था बन्द भएका छन् भने उद्योग, कलकारखाना आंशिक रुपमा बन्द भएका छन् । लामो दुरीका सवारी साधन कम मात्र चलेका छन् ।

यस्तै काठमाडौंको नैकाप, ललितपुरको ग्वार्को र भक्तपुरको सूर्य्विनायक तथा लोकन्थलीमा भेटिएका शंकास्पद वस्तुलाई नेपाली सेनाले निस्कृय पारेको छ ।

यसैबीच पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमाथि बिहान आगजनी गरिएको छ ।

कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकी राखेको ना. २ ख ८४८७ र ना २ ख २५४८ नं. का ट्रकमाथि आगजनी भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

मङ्ल, साउन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया