बुढानिलकण्ठमा स्थानीयको घरमा प्रहरीद्धारा छापा: गोतामे गिरफ्तार, लाजिम्पाटबाट दुई बिद्यार्थी कार्यकर्ता पक्राउ


काठमाण्डौ, २९ साउन ।
प्रहरीले एका बिहानै काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका स्थिीत चुन्निखेलका अर्जुन गोतामेलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा आज बिहानै प्रहरीले गोतामेको घरमा छापा मारि उनलाई गिरफ्तार गरेको जनाईएको छ ।

नेकपाको कार्यकर्ता भएको भन्दै गोतामेलाई गिरफ्तार गरेको बुझिएको छ । तर गोतामे नेकपाको कुनै पनि कमिटिमा आबद्ध नभएको बताईएको छ ।

आज बिहान ४ बजे नै प्रहरीले उनको घरमा पसेर खानतलासि गर्नुका साथै घरमा रहेका लत्ताकपडा तथा खाध्यसामग्रिहरु यत्रतत्र फालेर उनलाई पक्राउ गरि लगेको परिवारले जनाएको छ ।

प्रहरीले घरमा सुतिरहेका अन्य सदस्यलाई पनि मानसिक यातना दिएको परिवार स्रोतले जनाएको छ ।

यस्तै राजधानीको लाजिम्पाटबाट दुइजना गिरफ्तारीमा परेकाछन् । नेपाल कम्युनिस्ट पार्टी निटक अखिल क्रान्तिकारीका क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण आजाद र सचिव तारा संज्याल रावललाई प्रहरीले काठमाडौंको जमलबाट गिरफ्तार गरेको हो ।अखिल क्रान्तिकारीले सरकारले गैरकानुनी रुपमा आफ्ना नेता गिरफ्तार गरेको भन्दै आपत्ति जनाउँदै रिहाईको माग गरेको छ ।

मङ्ल, साउन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया