तुल्बुलिया पुलमा संकास्पद बस्तु फेला, स्थानीयहरु त्रसित


२९ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका ५ मा संकास्पद बस्तु फेला परेको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत तुल्बुलिया पुलमा संकाष्पद बस्तु फेला परेको हो । अज्ञात समुहले पुलको मध्य भागमा राखेको उक्त बस्तु बम भएको आशन्कामा अहिले सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलि घटनास्थल पुगिसकेको घटनास्थलबाट ईप्रका सालझण्डिका प्रहरी निरीक्षक दिपेश बस्यालले बुलेटिन नेपाललाइ जानकारी दिनुभयो ।

संकाष्पद बस्तुका कारण अहिले घटनास्थल वरिपरि स्थानीयहरु त्रसित भएका छन ।

उता, पाल्पाको दोभान चौकी नजिकै ट्याक्सी माथी पेट्रोल बम प्रहार भएको छ ।

मङ्ल, साउन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया