ललितपुरको लगनखेलबाट तीन जना नेकपा कार्यकर्ता गिरफ्तार


ललितपुर, २९ साउन ।

नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले ललितपुरबाट गिरफ्तार गरेको छ ।

आज बिहान लगनखेलबाट नेकपाका जिल्ला सदस्य कुमाल सिलवाल, राजकुमार परियार, जयराम श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको हो ।

पाटन हस्पिटल जाँदै गरेका उनीहरुलाई हस्पिटलको गेटबाटै बिना कारण गिरफ्तार गरि सातदोबाटो प्रहरी बृत्तमा राखिएको बताईएको छ ।

अस्पतालमा रहेका बिरामि भेट्न र नियमित स्वास्थ्य जाचका लागि अस्पताल जान लागेका उनीहरुले प्रहरीले पक्राउ गरेको बताईएको छ ।

यसैबीच आजै बिहान ललितपुरको बटुकी भैरव नजिकै बम फेला परेको थियो । उक्त बम बिहान ६ बजेतीर नै सेनाले निस्कृय पारिसकेको छ ।

मङ्ल, साउन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया