नेकपाको आजको नेपाल बन्द आक्रामक हुने संकेतः एकाबिहानै कतै बम बिस्फोट, कतै आगजनी र तोडफोड


२९ साउन,काठमाण्डौ ।

नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आज बिहानैबाट प्रभाव परेको छ । काठमाण्डौ उपत्यका सहित देशभर बन्दको प्रभाव परेको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

बन्दका कारण आज बिहानैबाट सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भनने कतिपय स्थानमा बन्दको अवज्ञा गर्ने सवारीमाथि बन्दकर्ताले तोडफोड गरेका छन् ।

नेपाल बन्दको दिन मुलुकका बिभिन्न स्थानमा बिस्फोट भएका घटनाहरु पनि सार्वजनिक भईरहेका छन् ।

यसैक्रममा लमजुङको मध्यनगरपालिका स्थित दुईपिप्ले र भोर्लेटारको बिचमा नेपाल बन्दको पुर्वसन्ध्यामा आज बिहान शक्तिशाली बम बोस्फोट भएको छ । तर बिस्फोटबाट मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।

यसअघि बन्दको पूर्वसन्ध्यामा रोल्पाको सुलिचौर र बुटवलमा शक्तिशाली बम बिस्फोट भएका छन् ।

यस्तै बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा शक्तिशाली बम बिष्फोट भएको छ । विस्फोटबाट मानवीय क्षति नभएपनि क्याम्पको शौचालयमा क्षति भएको छ ।
इलाका प्रहरी कार्यलय बुटवलका डिएसपी डिलबहादुर मल्लले घटनाको पुष्टि गर्दै शौचालयमा धेरै क्षति भएपनि मानवीय क्षति नभएको बताउनु भयो ।

डिएसपी मल्लका अनुसार बिष्फोट कसले गराएको हो भन्नेबारे अनुसन्धान भइरहेको बताउनु भयो ।

पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डको गिरफ्तारीको विरोधमा नेपाल बन्दको आह्वान गरेको हो ।

यही साउन २२ गते साँझ काठमाडौँको दक्षिणकालीबाट प्रवक्ता प्रकाण्डसहित तीनजना गिरफ्तार गरेपछि आक्रमक बनेको नेकपाले आजको बन्दमा कडाई गर्ने अनुमान गरिएको छ ।
टेकु हिरासतमा राखिएका प्रवक्ता प्रकाण्डलाई दुई पटक गरी ७ दिनको म्याद थप गरिएको छ । भने उहाँसँगै गिरफ्तार पर्नुभएका हरिचन्द्र आचार्य र मनबहादुर श्रेष्ठलाई भने पहिलो पटक पाँच दिन र दोस्रो पटक तीन दिनको म्याद थप गरिएको छ । उहाहरुको वयान सकिएको छ । भने शनिवार पक्राउ परेका पर्यटन व्यावसायी प्रमेश दर्नालको पनि बयान सकिएको छ ।

प्रवत्ता प्रकाण्डको भने आज बयान हुने छ । उता सर्वोच्च अदालतले गिरफ्तार गर्नुको कारण देखाउन भन्दै सरकारका नाममा प्रवक्ता प्रकाण्डलाई ४८ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ ।

यस्तै बन्दको प्रभाव नेपालको पूवी क्षेत्रमा पनि परेको छ ।
पूर्वका बिभिन्न स्थानमा सडकमा निस्कीएर बन्दकर्ताले टायर बालेको पनि खबर प्राप्त भएको छ । यस्तै बन्दको अवज्ञा गर्ने एउटा ट्रकमागि बन्दकर्ताले सुनसरीको हरिपुर भन्ने स्थानमा तोडफोड गरेका छन् ।

उता, पाल्पाको दोभान चौकी नजिकै ट्याक्सी माथी पेट्रोल बम प्रहार भएको छ । ट्याक्सिमा सामान्य क्षति पुगेको जनाईएको छ ।

यसैगरी बन्दको अवज्ञा गरेको भन्दै नवलपुर र डोटीमा मालबाहक ट्रकमा आगजनी गरिएको छ ।
आज विहानै नवलपुरको गैडाकोटमा दुई ट्रक आगजनी भएको छ । गैंडाकोटमा पराल बोकेका ट्रक र डोटीको बुडर नजिककै मालबाहक ट्रकमा आगजनी भएको बताइएको छ ।

रुपन्देहीको सैनामैनामा पनि एका विहानै शंकास्पद वस्तु फेला परेको छ ।पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना नगरपालिका वडा नम्बर ५ स्थित बुद्धनगरको एक पुलमा उक्त बस्तु फेला परेको हो ।ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिपेश बस्याललका अनुसार विहान ४.४५ वजे उक्त शंकास्पद वस्तु कसैले राखेको बताउनुभयो ।

यता ललितपुरका बिभिन्न चार स्थानमा पनि बम फेला परेको खबर छ ।

मङ्ल, साउन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया