चर्चित नायीका प्रियंकाले गरिन् आत्महत्या


३ साउन, काठमाडौँ । भारतकी चर्चित नायीका प्रियंकाले आत्महत्या गरेकी छन् । भारतीय संचारमाध्यमहरुका अनुसार दक्षिण भारतीय चलचित्रकी नायिका प्रियंकाले आत्महत्या गरेकी हुन् ।

भारतको वलासारावक्कममा रहेको आफ्नै घरमा डोरीले पासो लगाएर आत्महत्या गरेकी छन् ।

प्रियंका तमिल फिल्मकी एक प्रख्यात अभिनेत्री हुन् । प्रियंकालाई बुधबार बिहान उनकी साथीले कोठाको पंखामा झुण्डिएको अवस्थामा भेट्टाएकी थिइन् । प्रियंकाको आत्महत्याको यथेष्ट कारण खुल्न नसके पनि उनले घरेलु कलहको कारणले मृत्युको बाटो रोजेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

विवाह गरेको ३ वर्ष बितिसक्दा पनि प्रियंका सन्तान हुन नसकेको भन्दै पारिवारिक विवाद हुने गरेको थियो । जसका कारण उनले आत्महत्या गरेको हुन सक्ने बताईएको छ । प्रहरीका अनुसार अब प्रियंकाको शवको पोष्टमार्टमपछि नै उनको मृत्युको मुख्य कारण खुल्न सक्छ ।

बिहि, साउन ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया