अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारी आजदेखि पुन काममा फर्कदै


काठमाडौं, साउन २ ।
विभिन्न सरकारी कार्यलयमा रहेका अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारी आजदेखि पुन काममा फर्कने भएका छन् ।

मुलुक संघीय संरचनामा गएसँगै सरकारले अस्थायी कर्मचारीलाई हिजोदेखि लागु हुने गरि हटाउने तयारी गरेको थियो । तर हाजिरी गर्न नपाएका हजारौँ कर्मचारी पुर्नवहालीको माग गर्दै संर्घषमा उत्रिएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।

सयौँ कर्मचारीले सामान्य प्रशासन मन्त्रालयमा हिजो धर्ना र विरोध गरेका थिए । मुख्य सचिव लोकदर्शन रेग्मीले अस्थायी करार र ज्यालादारीका कर्मचारीलाई असोजसम्म काम गर्न सबै मन्त्रालयका सचिवलाई निर्देशन दिएपछि उनीहरु आजबाट काममा फर्किन लागेका हुन्।

काठमाडौंका विभिन्न कार्यलयमा १३ हजार कर्मचारीहरु सवारी चालक, कुचीकार, कार्यलय सहयोगी, र कम्प्युटर अपरेटरका रुपमा कार्यरत छन् ।

अस्थायी कर्मचारीहरु हटाउँदा मन्त्रालय विभाग र अन्य सरकारी निकायको काम कारवाही नै प्रभावित हुने भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।

बुध, साउन २, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter