डिप्रेसनमा गोरे, प्रहरीको सुरक्षामाथि शंका गर्दै मागे सेना


साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् । प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतले जनाएको छ । ‘सुरक्षामा खटिएको प्रहरीलाई टोलाएर हेर्छ । कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ । केही दिनअघि आफूलाई सेनाको सुरक्षा हुनुपर्ने माग ग-यो । उसले किन यस्तो भनिरहेको छ थाहा भएन,’ कारागार व्यवस्थापन कार्यालयका एक अधिकृतले भने ।

डिप्रेसनमा गोरे
काठमाडौंस्थित केन्द्रीय कारागारको गोलघरमा कैद सजाय भोगिरहेका चूडामणि उप्रेती गोरे केही समयदेखि डिप्रेसनमा गएका छन् । कारागार व्यवस्थापन कार्यालयका अनुसार गोरे कसैसँग नबोल्ने, बोलिहाले पनि बेसुरको कुरा गर्ने, डराएजस्तो गर्ने, एक्लै बस्ने, अनायसै टोलाउने र आँखाबाट आँसु झार्नेजस्ता व्यवहार देखाउने गरेका छन् ।

जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि २८ जेठदेखि उनी गोलघरमा छन् । पछिल्ला दिन उनलाई परिवारका सीमित सदस्य र निजी वकिलसँग मात्रै भेट्न दिइएको कारागारले जनाएको छ । कारागार व्यवस्थापन कार्यालयका अधिकृत श्रवणकुमार साहले उप्रेतीमा केही समस्याको संकेत देखिएको बताए । ‘कोहीसँग बोल्न मान्दैन । टोलाएर बसेको देखिन्छ । कहिले रोएकोजस्तो पनि देखिन्छ । पछिल्ला दिनमा परिवारका सीमित सदस्य र वकिलसँग भेट्न दिइएको छ । उनीहरूसँग भेट्दा पनि यस्तै व्यवहार देखाउँछ,’ उनले भने ।

गोरेलाई जचाउन अस्पताल पु-याइएको, तर कुनै औषधि नचलाइएको कारागारको भनाइ छ । गोरेले पनि डाक्टरसँग आफूलाई केही नभएको बताउने गरेका छन् । गोरेको निद्रा र खानपान सामान्य अवस्थामै रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको डाक्टरलाई उद्धृत गर्दै कारागार व्यवस्थापनले बतायो ।

नयापत्रिकाबाट

मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter