सिंहदरबारभित्र बन्दै मुख्यसचिवको क्वार्टर, सुरक्षा मामिला विश्वविद्यालयको तयारी


काठमाडौं, असार ३० ।

सरकारले सिंहदरबारभित्रै मुख्य सचिवको आवास (क्वार्टर) बनाउने योजना अघि सारेको छ ।

मुख्य सचिवको अध्यक्षतामा संघीय संसद् सचिवालयका महासचिव, प्रधानसेनापति, शहरी विकास मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिवलगायतको किमिटी गठन गरिएको छ ।

नेपाल समाचारपत्रले स्रोतलाई उद्धृत गर्दै लेखेको छ– सिंहदरबारभित्रै ३ वटा ठाउँलाई सम्भावित क्षेत्र सिफारिस गरिएको छ ।

उता, सरकारले रक्षा र सुरक्षा मामिला अध्ययनका लागि छुट्टै विश्वविद्यालय स्थापनाको प्रक्रिया पनि अघि बढाएको छ । विकसित मुलुकहरुमा यस्तो अध्ययन हुने भए पनि नेपालमा नभएको भन्दै स्थापनामा जोड दिइएको रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै कान्तिपुर दैनिकले खबर लेखेको छ ।

आरम्भमा नेपाली सेनाले नेसनल डिफेन्स कलेज (एनडीसी) स्थापना गर्न सरकारसमक्ष प्रस्ताव राखेको थियो । तर सरकारले सुरक्षा कूटनीतिलगायत राष्ट्रिय सुरक्षासम्बन्धी थिंक ट्यांकका रुपमा अघि बढाउने प्रक्रिया रक्षाले छलफलमा ल्याएको छ ।

शनि, असार ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया