प्रचण्डकाे प्रश्न, कांग्रेससँग राजनीतिक एजेण्डा सकिएका हुन् ?


७ साउन,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अनशनरत गोविन्द केसीको जीवनरक्षाको लागि जुम्लाबाट काठमाडौं ल्याइएको बताएका छन् ।

४० औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै दाहालले लोकतान्त्रिक भनिने शक्तिले गोविन्द केसीको हत्या गरेर लाश माथी राजनीति गर्न चाहेको आरोप लगाए ।

उनले नेपाली कांग्रेसले लोकतन्त्रमाथी प्रहार गरेको भन्दै संघीय लोकतन्त्रिक गणतन्त्रलाई केसीको पुच्छर समाएर अन्त्य गर्न खोजेको हो, भने, कांग्रेससँग राजनीतिक एजेण्डा सकिएका हुन् भन्दै उनले कांग्रसलाई प्रश्न गरे ।

‘डा.केसी १५ पटक अनशन बसेका छन् । धेरै पटक लोकतान्त्रिक भनिने कै समयमा अनशन बसे त्यो बेला के हेरेर बसेको,’ उनले प्रश्न गरे । डा. केसी अनशन बस्ने, वार्ता पनि हुने र सहमति हुने प्रक्रिया पनि चलिरहने बताएका छन् ।

सोम, साउन ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया