पाकिस्तानमा बुधवार हुने आमनिर्वाचनका उम्मेदवारको हत्या


काठमाडौं, ७ साउन ।

पाकिस्तानमा बुधवार हुने आमनिर्वाचनको मतदानको दिन नजिकिंदै गर्दा हिंसाका घटना बढेका छन् ।

त्यही क्रममा एक जना उम्मेदवार कै हत्या भएको छ । घटनामा अर्का एक जना पनि मारिएका छन् भने थुप्रै घाइते भएका छन् ।

गान्दापुरका लागि पाकिस्तान तेहरिक इ इन्साफ (पीटीआई)का उम्मेदवार इक्रामुल्लाह खान र उनका चालक मारिएका हुन् ।

आक्रमणकारीले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएकाहरुलाई लक्षित गरी आत्मघाती बम आक्रमण गरेको स्थानीयले बताएका छन् ।

पाकिस्तानमा यही जुलाई २५ मा निर्वाचन हुँदैछ ।

चुनाव बिथोल्न गराइएका यस्ता आक्रमणमा परी पाकिस्तानमा चुनाव घोषणा भएयता मात्र कम्तीमा १ सय ७० जना मारिइसकेका छन् भने दुई सयभन्दा बढी घाइते भएका छन् ।

सोम, साउन ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार