ओशोको भेषमा चाँगुनारायण नगरपालिकामा भू–माफियाको बिगिबगी, हेर्नुहाेस् यतिसम्मकाे हर्कत 


भक्तपुर, १० असार । चाँगुनारायण नगरपालिकाभित्र स्थानीय र बाहिरिया दलाल र भूूमाफिया सल्बलाउन थालेका छन् । उनीहरु अहिले ओशोको भेषमा नगरपालिकाभित्र बन्ने विभिन्न स्मार्ट सिटी, ग्रीन सिटी र व्यापारिक क्षेत्र आसपासका जग्गा किनबेचमा चरम दलाली गर्न लागिपरेका हुन् । केही दिनमै माफियाको बिगबगी बढेको छ ।

दलालहरु विभिन्न नामको धार्मिक समूह, गैरसरकारी संस्था बनाएर संगठित रुपमै लागेको प्राप्त समाचारमा जनाइएको छ । उनीहरुले सोझासिधा जग्गावालालाई टर्गेट बनाएर धन्दा चलाएका छन् । मानसिक र भौतिक त्रास दिनेसम्मनको योजना बनाएर यस क्षेत्रमा भू–माफिया आफ्नो धन्दा चलाइरहेका छन् । स्थानीयबासी भूमाफियाको धम्की खेपिरहेका छन् ।

नगरपालिकाले स्मार्ट सिटी र व्यापारिक क्षेत्र बनाउने घोषणा गरेसँगै दलाल र भूमाफियाहरु स्थानीयसँग थोरै मूल्यांकनमा जग्गा लिने र बाहिरका र आफन्त–नातेदारलाई तेब्बर नाफा लिएर बिक्री गरिरहेका छन् । दलालहरुले अहिले विभिन्न प्रलोभन देखाएर सोझासिधा स्थानीयबाट सस्तोमा जग्गा लिने अनि चार गुना बढी मूल्यमा अरुलाई बेचेर मोटो रकम लिने गरेका छन् । धन्दावालाहरुले दिएका दबाब र धम्कीबाट स्थानीयहरु हैरानीमा परेका छन् । दलाल समूहमा सेना, प्रहरी र सरकारका सचिवको संलग्न रहेका छन् । साथै जिल्ला न्यायाधीसहरुको समेत संलग्न रहेको पाइएको छ ।

राजु रिमाल ओशाको माला भिरेर समूह बनाएर जग्गा दलालीमा लागेका छन् । रातो गेरुबस्त्रमा रिमाल गाउँक्षेत्रभित्र छिरेर सर्वसाधारणलाई प्रलोभन दिई जग्गा हात पार्ने खेलमा लागेका छन् (हेर्नुस् तस्बीर) । सस्तो मूल्यमा दिन अनिच्छुक जग्गाधनीलाई सेना र प्रहरीको धाक लगाउने र लास समेत गायब बनाई दिने धम्की दिने गरेको पीडितहरु बताउँछन् ।

त्यस्तै स्थानीय दलाल अर्थात भू–माफिया कृष्ण सापकोटा र रघुनाथ थापा (हेर्नुस् तस्बीर)को गिरोहले पनि स्थानीय जग्गावालालाई जग्गा बेच्न र बैना लिन लोभ्याउने र धम्क्याउने हर्कत गरिरहेका छन् । बिक्री गर्न नचाहनेहरुलाई नौलो नम्बरबाट फोन गरेर कुटपिटको डर, त्रास दिइरहेका एक पीडितले अनलाइन डबलीलाई बताए । स्थानीयबाट प्रतिरोपनी १० सम्ममा लिएर बाहिरिया (माफिया)लाई २५ देखि ४० लाख रुपैयाँसम्ममा जग्गाा बिक्री गर्छन् सापकोटा र थापा । जग्गावालाले कसैसँग बैना लिएको थाहा पाए प्रतिरोपनी ८० हजार रुपैयाँ दिन फोन धम्की दिन्छन् र नदिए गुण्डा लगाएर ज्यान लिने डर देखाउँछन् उनीहरु ।

यो धन्दामा पूर्वएमालेबाट जितेका भक्तपुरका सांसद महेश बस्नेतका निकट कार्यकर्ता पनि सक्रिय रुपमा लागिपरेको पाइएको छ । निजी कलेज संचालकहरु पनि गिरोहमा साझेदार बनेका छन् । अदालतमा मुद्दा चलिरहेको जग्गामा एउटाको पक्ष लिएर पैसाको ध्वांस दिने र अर्को पक्षलाई जेल हाल्ने सम्मानको धम्की दिन्छन् गिरोह । गिरोहले केही संयुक्त जग्गावाला दाजुभाईमा फाटो ल्याउने काम गरेको स्थानीयले बताए । सस्तो मूल्यमा जग्गा हात पार्न र चर्को कमिशन लिने काममा मालपोत कार्यालय कर्मचारीको साथ रहेको स्रोतले बतायो । गिरोहले यस क्षेत्रमा दिनरात जमेर बसिरहेको यहाँका बासिन्दा बताउँछन् ।

एउटै जग्गालाई विभिन्न समूहले बैना मार्ने तर अन्त्यमा सबै एउटै गिरोहका देखिने गरिएको छ । यसरी छदम् भेषमा दलालहरुको नगरपालिकाको क्षेत्रभित्र  बिगबिगी बढेको छ । त्यसमा ग्रीन सिटी र ऊसँग आवद्ध समूह र ओशो समूहकै दलालहरु छन् । उनीहरुले एउटै जग्गालाई बैना गर्ने र बैना मार्न अनिच्छुक जग्गाधनीहरुलाई तर्साएर काबुमा लिने गरेको स्थानीयले बताए ।

माफिया समूह यस क्षेत्रमा मात्र ४ सय रोपनीभन्दा बढी क्षेत्रफल जग्गा खरिद गरिसकेको दाबी गर्छ । उनीहरुले अहिले पनि जग्गावालासँग भेट्ने र भेट गर्न नमाने फोनबाट भेट्न धम्की दिने गरेका छन् । जग्गाधनीबाट लिएर आफूहरुलाई बेच्दा गिरोहले प्रतिरोपनी १० लाखदेखि ३० लाखसम्म नाफा लिएको खरिदकर्ताले बताए ।

त्यतिमात्रै कहाँ हो र, त्यसरी खरिद गरेको जमिन धितो राखेर ऋण लिन बैंकमा पुग्नेहरु थोरै मूल्यांकन भएको देख्दा खरिद गर्नेहरु पुर्पुरोमा हात राखेर फर्किनुपर्ने अर्को पीडा पनि थपिएको छ । गिरोहमा केही मिडियाकर्मीहरु समेत संलग्न रहेको पाइएको छ ।

आइत, असार १०, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter