नेकपाले हतियार भित्र्याएको समाचार कपोलकल्पित र भ्रामक, प्रायोजित समाचार नलेख्न प्रकाण्डकाे चेतावनी


काठमाडौं, ६ जेठ । नेपाल कम्यूनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेकपाले हतियार भित्र्याएको र सैन्य गतिबिधि गरेको समाचार कपोलकल्पित र भ्रामक भएको बताउनु भएकाे छ ।

प्रवक्ता प्रकाण्डले उक्त समाचार प्रायोजित ढङले आएको बताउदै यस्तो समाचारप्रति पार्टी गम्भिएर भएको बताउनुभएकाे छ ।

उहाँले दलालहरुले नेकपामाथी दमन गर्ने कुत्सित मनशायका साथ यस्तो समाचार प्रचारमा ल्याएको ठोकुवा समेत गर्नुभयाे । साथै , प्रवक्ता प्रकाण्डले यस्ता भ्रामक समाचारको बिश्वास नगर्न आम जनसमुदाय़ळाई अपिल गर्दै यस्ता भ्रामक, कपोलकल्पित र प्रायोजित समाचार नलेख्न चेतावनी समेत दिनुभएकाे छ ।

आइत, जेष्ठ ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार