पार्टी एकिकरणापछि झलनाथ खनालकाे घटुवा, एकता घाेषणा देखि रात्रि भाेजमा समेत अनुपस्थित


३ जेठ, काठमाडौं ।एमाले र माओवादी केन्द्रको एकता पछि बनेकाे नयाँ पार्टीमा झलनाथ खनालकाे घटुवा भएकाे छ ।  घोषणाको ऐतिहासिक मौका गुमाएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत पार्टीमा तेस्रो वरियता पनि गुमाएका हुन् ।

तत्कालिन नेकपा एमालेमा दोस्रो वरियतामा रहेका खनाल मानव नेपाल भन्दा तल्लाे बरियतामा परेका छन् । तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा अनुपस्थित रहेका खनालकाे खाेजी भएपनि   उनी कहाँ छन् भन्ने कसैलाइर् पत्ताे थिएन ।

पूर्वप्रधानमन्त्री खनाल निकट स्रोतका अनुसार उनी निजी कामका सिलसिलामा चीनमा छन् । चिनियाँ कम्पनीसँग मिलेर व्यापार व्यवसायमा रहेका उनका छोरा निर्भिक चित्रकार भैरहवाको गौतमबुद्ध विमानस्थलको ठेक्का लिएर काम नगरेको चिनियाँ ठेकेदार कम्पनीको नेपाली कन्सल्ट्यान्टसमेत रहेका पनि छन्। उनैलाइ भेट्न खनाल चीन गएकाे जनाइएकाे छ ।

 

यसअघि केपी ओलीपछिको वरियतामा रहेका खनाल एकीकृत पार्टीमा ओली र प्रचण्डपछि तेस्रो वरियतामा रहने थिए । संयोजन समितिमा पनि उनी तेस्रो वरियतामै थिए ।

पार्टी एकता प्रक्रियामा कुनै भूमिका निर्वाह नगरेको र एकीकरणको ऐतिहासिक क्षणलाई समेत उपेक्षा गरेर निजी काममा हिडेपछि उनको बरियता तल पारिएको स्रोतले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीमा अध्यक्षद्वय ओली र प्रचण्डपछि दोस्रो बरियतामा तत्कालिन एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल रहनेछन् ।

नेपाल पछिल्लो समय ओली र प्रचण्डबीच अविश्वास हटाउन र पार्टी एकीकरण टुंगो लगाउन सक्रिय भएका थिए । नेकपाको शीर्ष बरियतामा ओली र प्रचण्डको हैसियत समान बरियतामा रहनेछ ।

दोस्रो बरियतामा नेपाल रहनेछन् भने त्यसपछि क्रमशः झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामवहादुर थापा बादल र बिष्णु पौडेल रहनेछन् ।

बिहि, जेष्ठ ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार