चितवनको टाँडीमा खुल्यो एभरेष्ट बैंकको नयाँ शाखा


चितवन, २ जेठ ।
एभरेष्ट बैंकले चितवनको टाँडीमा नयाँ शाखा खोलेको छ । देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै आएकोमा आज टाँडीमा नयाँ शाखा स्थापना गरेको हो।
शाखाको औपचारिक समुद्घाटन रत्ननगर नगर पालिकाका मेयर नारायण वन र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल प्रहरीका नायव प्रहरी उपरिक्षक श्री बासुदेव खतिवडा, रत्ननगर नगर पालिकाका वडा नं २ का अध्यक्ष श्री तिलक राज पौडेल, रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष श्री भिम नारायण श्रेष्ठ तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

हालै भएको CAMELS Rating मा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बिहि, जेष्ठ ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार

Like us On Facebook

Follow Us On Twitter