आयोगमा दर्ता भयो नेकपा ‘अण्डरलाइन’: ओलीले भने-हामीबाहेक अरु कोही कम्युनिस्ट पार्टी छन् भन्दा हाँसो लाग्छ!


काठमाडौं, जेठ ३ ।
एमाले र माओवादीको एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी आजै निर्वाचन आयोगमा दर्ता भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, सुभास नेम्वाङ, देव गुरुङ लगायत नेता निर्वाचन आयोग पुगी नयाँ दल नेपाल कम्युनिष्ट पार्टीलाई अण्डरलाइन गरेर दर्ता गराउनु भएको हो ।

दल दर्ता सकिएपछि बाहिनेक्रममा नेता नेम्वाङले दल दर्ताको प्रस्तावमा नै पार्टीको नाममा अण्डरलाइन गरिएकाले कानुनी रुपमा कुनै समस्या नआउने जानकारी दिनुभएको छ ।

सो अवसरमा केपी शर्मा ओलीले ओली कानुनको मर्यादा अनुसार नै आयोगमा दल दर्ता गर्न आएको बताउनुभयो ।

उहाँले दुई पार्टीको फरक अस्तित्व खारेज गरेर नयाँ बनाएको प्रतिकृया दिदैँ यो एकता कानुनी हिसाबले दर्ता हुन जरुरी भएकैले दर्ता गरेको बताउनु भयो ।

अर्को पनि कम्युनिष्ट पार्टी छ नि भन्ने सञ्चारकर्मिको जिज्ञासामा ओलीले भन्नुभयो, ‘नामको सन्दर्भमा हामीबाहेक अरु कोही कम्युनिस्ट पार्टी छन् भन्दा पनि हाँसो लाग्छ । यदि कसैले यो नाममा दर्ता गरेको भए त्यो चुनावपछि खारेज भैसक्यो ।’

त्यस्तै प्रचण्डले नागरिकको आकांक्षा पूरा गर्न आफूहरु एक भएको बताउनुभयो । उहाँले आम नेपालीले अब सुशासन स्थिरता र विकास छिटो होस् भन्ने चाहना राखेकाले त्यो पूरा गर्न एकता गरेको प्रतिकृया दिनुभयो ।
निर्वाचन आयोगले दुई ठूला पार्टीबीच भएको एकता प्रक्रियालाई स्वागत गर्दै यो प्रकृयाले नागरिकलाइ दिएको आश्वासन पूरा गर्न थप इमान्दार हुन बल पुर्याउने विश्वास ब्याक्त गरेको प्रमुख आयुक्त अयोधिप्रसाद यादवले बताउनु भयो ।

त्यसअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको एकीकृत पार्टीको पहिलो बैठकमा नेकपा कम्युनिष्ट पार्टीका नेताहरुले सामुहिक शपथ ग्रहण गरेका थिए । एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त माक्सवाद–लेनिनवाद रहने भएको छ । चुनाव चिन्ह भने सूर्य नै हुनेछ ।

एकीकृत पार्टीमा ९ सदस्यीय हाईकमाण्ड, ४५ सदस्यीय स्थायी समिति र ४ सय ४१ सदस्यीय कन्द्रीय समिति रहने नेता इश्वर पोखरेलले जानकारी दिनुभयो ।

पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रुपमा गर्ने, सरकार सञ्चालनमा एमाले अध्यक्ष ओली र पार्टी सञ्चालनमा माओवादी अध्यक्ष दाहालले बढी सक्रियता देखाउने, आन्तरिक सम्पूर्ण तयारी पूरा गरी २ बर्षभित्र महाधिवेशन गर्ने, एकीकृत पार्टीको केन्द्रीय कमिटिबाट नेताहरुको वरियाता र जिम्मेवारी तोक्ने निर्णय भएको छ ।

बिहि, जेष्ठ ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter