तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थ नेपाली सीमा नजिक आइपुग्ने


काठमाडौं वैशाख १४ ।
तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ तथा ट्रेडिङका सामान अब रेलमार्फत् सिधै नेपाली सीमानजिक आइपुग्ने भएको छ ।

यसका लागि भारतको कोलकाता बन्दरगाहबाट कन्टेनर बोकेर ‘कार्गो रेल’ हिंडेको छ । दुई दिनअघि कोलकाताबाट हिंडेको कार्गो रेल भोलि बथनाहा आइपुग्ने सम्भावना छ । कोलकाता बन्दरगाहबाट यसअघि यस्तो कार्गो रेल वीरगन्ज नाकासम्म आउने गरेको थियो ।

उक्त सेवाले समुद्रपार मुलुकसँगको व्यापारमा सकारात्मक प्रभाव पर्ने उद्योगी–व्यवसायीले बताएका छन् । हाल परीक्षणका लागि सञ्चालन गरिएको उक्त रेल विराटनगरको सीमावर्ती जोगबनी नाकाभन्दा केही पर बथनाहासम्म आइपुग्ने छ ।

सीमावर्ती क्षेत्रसम्म यसअघि नै ‘ब्रोडगेज’ रेलसेवा आइसकेको छ । मोरङको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार पोष्ट पूर्ण रुपमा तयार भएपछि रेलले त्यही स्थानसम्म सामान ल्याउने छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अबिनाश बोहोराका अनुसार यो सुविधाले नेपाली उद्योगी–व्यवसायीलाई ठूलो राहत पुग्नेछ । ढुवानी लागत कम पर्ने भएकाले यसको फाइदा आम उपभोक्तासम्मै पुग्ने उहाँले बताउनुभयो ।

तत्कालका लागि बथनाहाासम्म रेलले सामान ल्याउने छ । उक्त सुविधाले तत्कालका लागि कम्तीमा पनि आयातीत सामानमा प्रतिकिलो एक रुपैयाँ ढुवानी भाडा सस्तो पर्ने बोहोराले बताउनुभयो ।

शुक्र, बैशाख १४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter