नेकपाका नेता कार्यकर्तामाथि धरपकट तिब्र, मकवानपुर र ललितपुरका सेक्रेटरी सहित ६ जना गिरफ्तार (अपडेट)


मकवानपुर , १२ वैशाख ।
केपी ओली नेतृत्वको सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथिको धरपकड र गिरफ्तारी तिब्र बनाएको छ ।
यसैक्रममा आज मात्रै ललितपुर र मकवानपुरका जिल्ला सेक्रेटरी सहित आधा दर्जन नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
आज बिहान नेकपा ललितपुर जिल्ला सेक्रेटरी विपिनलाई झरुवाबारीबाट प्रहरीले गिरफ्तार गरेको छ । पार्टिको आन्तरिक कार्यक्रम र सांगठनिक कामका लागि कार्यक्षेत्रमा खटिएका बेला उनलाई बिना कारण प्रहरीले गिरफ्तार गरेको जनाईएकोछ । बेला
सेक्रेटरी विपिन सँगै जिल्ला सदस्य मोहन सिबाकोटिलाइ पनि गिरफ्तार गरेको छ। उहाँहरुलाई किन गिरफ्तार गरियो भन्नेबारे प्रहरीले जानकारी दिएको छैन ।
उता मकवानपुर जिल्ला सेक्रेटरी वाटरलाई पनि आजै प्रहरीले गिरफ्तार गरेको छ ।
आज हेटौडा नगरपालीका वडा नम्बर १८ बाट उहाँलाई गिरफ्तार गरेको जनाईएको छ ।
यता नेकपा निकट बिद्यार्थि संगठन अखिल (क्रान्तिकारी)का महासचिव सहित तीन जना बिद्यार्थी नेतालाई पनि काठमाण्डौबाट प्रहरीले गिरफ्तार गरेको छ ।
आज दिउँसो काठमाण्डौको वागबजारबाट महासचिव प्रकाश शाही , ललित बिक र रबिन केसिलाई गिरफ्तार गरेको हो ।
यसैबीच नेकपाले बिना कारण गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ ।

बुध, बैशाख १२, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार