लिभरपुलद्वारा एएस रोमा पराजित, आज रियाल मड्रिड र बायर्न म्युनिख भिड्ने


काठमाडौं, बैशाख १२ ।
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा इङ्लिस क्लब लिभरपुल विजयी भएको छ ।

गएराति आफ्नै मैदान एन्फिल्डमा सम्पन्न खेलमा लिभरपुलले ईटालीको ए.एस रोमालाई ५(२ ले हरायो । खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह र रोबर्टो फर्मीनोले दुई–दुई गोल गर्दा सादियो मानेले एक गोल थपे ।

रोमाका एडिन जेको र डिएगो पेरोटीले एक एक गोल गरेका थिए । गएरातिको जितपछि लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने सम्भावना बलियो पार्दा पराजित टोलीले रोमा दोस्रो लेगको खेलपूर्व दबाबमा आएको छ ।

च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनल खेलमा आज राति रियाल मड्रिड र बायर्न म्युनिख भिड्नेछन् ।

बुध, बैशाख १२, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया