अमेरिका र फ्रान्सबीच इरानसँगको परमाणु सम्झौताका विषयमा छलफल: यस्तो छ तयारी


काठमाडौं, बैशाख १२ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोबीच इरानसँगको परमाणु सम्झौताका विषयमा छलफल भएको छ ।

छलफलका क्रममा उहाँहरुले सन् २०१५ मा भएको परमाणु सम्झौतालाई नयाँ शिराबाट अघि बढाउने विषयमा कुराकानी गर्नुभएको ह्वाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि इरानको आणविक सम्झौता भङ्ग गर्ने धम्की दिँदै आएका अमेरिकी राष्ट्रपति ट्रम्पलाई फ्रान्सेली समकक्षी म्याक्रोले सम्झौतालाई नयाँ ढंगले अघि बढाउनुपर्ने सुझाव दिनुभएको थियो ।

इरानी राष्ट्रपति हशन रुहानीले राष्ट्रपति ट्रम्प परमाणु सम्झौताबाट पछि हटे गम्भीर र अकल्पनीय परिणाम व्यहोर्नुपर्ने चेतावनी दिनुभएको थियो ।

आगामी साताभित्र राष्ट्रपति ट्रम्पले इरानको परमाणु कार्यक्रमप्रति समर्थन जनाइराख्ने वा नराख्ने बारे ठोस निर्णय लिनैपर्ने भएकाले पनि ट्रम्प प्रशासनले सो सम्बन्धमा छलफल तीव्र बनाइएको छ ।

विश्व शक्ति राष्ट्रहरु अमेरिका, फ्रान्स, चीन, जर्मनी, रुस, बेलायत र इरानबीच सन् २०१५ मा भएको सम्झौतामा इरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित बनाउने प्रतिबद्धता जनाएको थियो ।

बुध, बैशाख १२, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया