नविना लामाले अनेरास्ववियू छाडिन्, बर्तौला बने कार्यवाहक अध्यक्ष


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका कार्यवाहक अध्यक्ष पद उपाध्यक्ष महेश बर्तौलाले सम्हालेका छन् ।

अनेरास्ववियू अध्यक्ष नविना लामाले व्यक्तिगत र पारिवारिक कारण आफूले पार्टीको नियमित कार्यसम्पादन तथा कामको अगुवाइ गर्न समय अभाव देखाउँदै सो पद उपाध्यक्ष बर्तौलालाई हस्तान्तरण गरेकी हुन् ।

एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार उनी अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा थिइन् । उनले आइतबारको मितिबाट लागू हुने गरी अनेरास्ववियू अध्यक्ष पद उपाध्यक्ष बर्तौलालाई हस्तान्तरण गरेकी हुन् ।

लामा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।

सोम, बैशाख १०, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter