सत्ताधारी दलकै नेता वामदेव गौतमले दिए सरकार ढल्ने चेतावनी


काठमाणडाै,१० वैशाख ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकलाई समृद्ध बनाउने अवसरलाई सरकारले सदुपयोग गर्न नसके वाम गठबन्धन नेतृत्वको सरकारलाई पनि जनताले ढाल्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाण्डाैमा राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले मुलुक निर्माण गर्ने अवसरलाई सदुपयोग गर्न सरकारलाई सुझाव दिदै जनताको भरोसा हुनेगरी काम नगरे ५ वर्षपछि वाम गठबन्धन नेतृत्वको सरकारलाई पनि जनताले ढालिदिने चेतावनी दिए।

उपाध्यक्ष गौतमले जनताको आकर्षणको केन्द्र बिन्दु बन्न पनि सरकारले मुलुकको विकास र समृद्धिको अभियानलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताए। उनले वाम गठबन्धनले हासिल गरेको उपलब्धि जोगाई राख्न पनि सरकारले इमान्दारिताका साथ काम गर्नुपर्ने बताए ।

उनले वाम सरकारले जनता र राष्ट्रको सेवा गर्नुपर्ने भन्दै मुलुकलाई समृद्ध बनाउने अवसर सदुपयोग नगरे ५ वर्षपछि पुनः कांग्रेसले शासन सुरु गर्ने बताए।

सोम, बैशाख १०, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार