संगीतकार र कलाकारलाई रोयल्टी दिलाउँछु : प्रचण्ड


काठमाण्डौ, ८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगीतकार र कलाकारलाई रोयल्टी दिलाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कलाकारको अक्षयकोषमा एक करोड रुपैयाँ सहयोग गरेको स्मरण गर्दै उहाँले अब संगीतकार कलाकारलाई राज्यको तर्फबाट सहयोग गर्न पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

काठमाण्डुमा मेची महाकाली सांगेतिक अभियानको उद्घाटन गर्दै प्रचण्डले कलाकार र संगीतकारलाई राज्यको तर्फबाट प्रोत्साहन, सहयोग र अधिकार स्थापित गर्न सँधै लागि पर्ने बताउनु भयो ।

अभियानमार्फत राष्ट्रिय एकताको संवेदना र परिवर्तन समृद्धि र विकासको सन्देश दिने प्रयास अर्थपूर्ण रहेको उहाँको भनाई थियो । निरंकुश व्यवस्थामा पनि संगीत र कलाको क्षेत्र फस्टाएकाले गणतन्त्रमा झनै यो क्षेत्रको प्रवर्द्धन हुनुपर्नेमा उहाँको जोड छ ।

‘विविधतामा एकता नै राष्ट्रको पहिचान र गौरव भएको भन्दै उहाँले उक्त गौरवलाई गीत संगीत र कलामार्फत समृद्धिको यात्रातिर अगाडि बढ्न सबैले संकल्प गर्नुपर्नेमा जोड दिनुभयो ।

शनि, बैशाख ८, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य मनोरञ्जन समाचार