प्रदेश ४ का फरार ‘माननीय’ दीपक मनाङ्गे पक्राउ


६ वैशाख, काठमाडौं ।
प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले मनाङ्गेलाई स्वयम्भू तिनधारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको परिसरका प्रवक्ता एवं डीएसपी मोहन थापाले बताउनु भयो ।
गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेपछि फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् ।
प्रहरीले भने रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई पत्रचार समेत गरिसकेको थियो ।
दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता र्गयो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।
त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्ग्ेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर र्गयो ।
सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको हो ।

बिहि, बैशाख ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया