उद्योग वाणिज्य महासंघले गर्यो सिन्डिकेटको खारेजीको स्वागतः एक्लिए यातायात व्यवसायी, अब के गर्छन् ?


६ चैत, काठमाडौं ।
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै यातायातको सिन्डिकेट तोड्ने सरकारको निर्णयलाई स्वागत गरेको छ ।

आज प्रेश विज्ञप्ती जारी गर्दे महासंघले सबै प्रकारको सिन्डिकेट, कार्टे्लिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने माग आफूले विगतदेखि नै राख्दै आएको दावी गर्दै मन्त्रिपरिषद्बाट भएको यातायात समितिको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्नेरनगराउने निर्णयको स्वागत गरेको जनाएको छ ।

खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिन्डिकेट, कार्टे्लिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सोभनीय नहुने धारणा महासंघले व्यक्त गरेको छ ।
ट्रक ढुवानीमा समेत जबर्जस्ती लागू गरिँदै आएको सिन्डिकेट अन्त्य हुनुपर्ने माग महासंघले गरेको छ ।

सिन्डिकेट तोड्ने सरकारको निर्णयको विरोध गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको आन्दोलन फिर्ता लिनसमेत महासंघले आग्रह गरेको छ ।

‘सार्वजनिक यातायात सेवा ठप्प पार्ने निर्णय तत्काल फिर्ता लिई सार्वजनिक यातायातलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउने सरकारको प्रयासमा आ आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि महासंघले सबै यातायात व्यवसायी र सम्बन्धित संघरसंस्थाहरूलाई आग्रह समेत गरेको छ ।

यससँगै अब यातायात व्यवसायी थप एक्लिएका छन् । चालक तथा मजदुरसमेतले पनि व्यवसायीको आन्दोलनमा आफूहरू सहभागी नहुने धारणा यसअघि नै सार्वजनिक गरिसकेको छ ।

बिहि, बैशाख ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया