नयाँ सरकार गठनको विरोधमा प्रदर्शन


हंगेरी, वैशाख २ । हंगेरीमा नयाँ सरकार गठनको विरोधमा प्रदर्शन चर्किएको छ ।

हालै सम्पन्न चुनावमा भिक्टोर अरबान प्रधानमन्त्री चुनिए पनि विरोधमा लाखौं मानिस सडकमा उत्रेका हुन् । राजधानी बुढापेष्टमा गरिएको र्‍यालीका सहभागीले चुनावमा धाँधली भएको भन्दै फेरि मतगणनाको माग गरेका छन् ।

६ दिनअघि सम्पन्न चुनावमा फिदेस्ज पार्टीले दुई तिहाई बहुमत ल्याउँदै अरबान प्रधानमन्त्री बनेका हुन् । अरबानले आफ्नो पार्टीले दुई तिहाई बहुमतले चुनाव जितेकाले प्रदर्शनको औचित्य नरहेको प्रतिक्रिया दिएका छन् ।

आइत, बैशाख २, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार

Like us On Facebook

Follow Us On Twitter