अब कानुनी रुपमा नै महिलाहरुलाई पुरुषसरह अधिकारको व्यवस्था गर्नेः ओली


काठमाडौं , ८ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई पुरुषसरह अधिकारको व्यवस्था गर्ने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले हालैका निर्वाचनहरुबाट ४१ प्रतिशत महिला निर्वा्चित भएको स्मरण गराउँदै अब कानुनी रुपमा पुरुष सरहनै महिला निर्वा्चित हुने व्यवस्था गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।
उहाले महिला कार्यक्रमका लागि सरकारले बजेटको अभाव हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मुलुक निर्माणका लागि महिलाहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।
ललितपुरको सानेपामा आजबाट सुरु भएको अन्तर्रा्ष्ट्रिय महिला उद्यमीहरुको प्रर्दशनी उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महिलाहरुलाई प्रतिष्पर्धी क्षमता विकासतर्फ अग्रसर हुन पनि आहृवान गर्नुभएको छ ।
महिलाहरुले आरक्षणभन्दा पनि पुरुष सरह अवसर, अधिकार र सम्मानको खोजी गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले महिलाहरुलाई सबल बनाएर मात्रै मुलुकलाई अघि बढाउन सक्ने पनि धारणा व्यतm गर्नुभएको थियो
कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाएर समाजिक अन्धविश्वासलाई हटाउन लागिपर्ने बताउनु भएको छ ।
उहाले महिलाहरु आर्थिक रुपमा सवल नभएकै कारण समाजमा महिला हिंसा बढेको पनि धारणा व्यतm गनुभएको थियो । मन्त्री थापाले राजनीतिक अस्थिरताका कारण विगतमा महिला सशक्तिकरणको अभियान सफल हुन नसकेको पनि उल्लेख गर्नुभएको थियो ।

बिहि, चैत्र ८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया