प्रधानमन्त्री ओलीको पहिलो रोजाई भारत , चैत तेस्रो साता भ्रमण गर्ने !


काठमाडौं ,चैत्र ८ ।
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो विदेश भ्रमणका लागी छिमेकी मुलुक भारत जानुहुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओली आगामी तेस्रो साता भारत भ्रमणमा जान लाग्नुभएको छ ।

श्रोतका अनुसार ओलीले चैत २३ देखि २५ सम्म तीन दिने भारत भ्रमण गर्न लागेपनि परराष्ट्र मन्त्राललये प्रधानमन्त्री ओलीको भ्रमणको आधिकारिक मिति सार्वजनिक गरिसकेको छैन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले प्रधानमन्त्रीले भारत भ्रमण गर्ने निश्चित भएपनि त्यसवारे छलफल भइरहेको बताउनु भयो ।

ओली प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक–पटक भारत भ्रमणको निम्ता दिनुभएको थियो । त्यस्तै बाम गठबन्धन निर्वाचनमा विजयी भएसँगै भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौ नै आएर त्यसवेला भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई भारत भ्रमणको निम्तो दिनुभएको थियो ।

ओलीलेले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेलगत्तै दुई जना मन्त्री भारत भ्रमणमा गएका थिए । अर्थमन्त्री युवराज खतिवडा र उद्योग वाणिज्य मन्त्री मात्रिका यादव प्रधानमन्त्री ओलीको भारत भ्रमणको वातावरण बनाउन भारत गएको बताइएको छ ।

बिहि, चैत्र ८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया