कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि


काठमाडौं, चैत ८ ।
कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुला हुँदैछ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ मा कामका लागि दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि संकलन गर्न लागिएको हो ।

फारम आगामी १७ गतेसम्म भउकलभउब.िनयख.लउ बाट अनलाइन मार्फत भर्न सकिने ईपीएस शाखाले जनाएको छ । भाषा परीक्षामा सहभागी हुन १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्नेछ ।

अनलाइनबाटै फारम भर्न पाइने भएपछि रातभर लाइनमा बस्नुपर्ने झण्झट नरहने ईपीएस कोरिया शाखाले जनाएको छ । परीक्षा भने आगामी जेठ २६ र २७ गते हुनेछ । यसपटक ७ हजार १ सय जना प्रशिक्षार्थी कामदार भाषा परीक्षामा उत्तिर्ण हुने शाखाले जनाएको छ ।

बिहि, चैत्र ८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया