
दार्खा, ७ चैत।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, कात्राकमा रहेको खानेपानीको मुहानमा विषादी भेटिएको छ ।
कात्राकका स्थानीयवासीले प्रयोग गर्दै आइरहेको मुहानमा मंगलबार बेलुकी विषादी मिसिएको हल्ला चलेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा प्रहरीको टोली घटनास्थलमा पुगेका थिए ।
पैंतालीस घरधुरीले प्रयोग गर्दै आइरहेको खानेपानीको मुहानमा विषादी हालिएको पुष्टि भएको बेनिघाट रोराङ गाउँपालिका–ं३ का वडा अध्यक्ष भुवन त्रिपाठीले जानकारी दिनुभयो । विषादी मिसिएको पानी परीक्षणको लागि प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभयो ।
मुहानमा विषादी मिसाइएको भेटिएको धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । मुहानसम्बन्धी विवादका कारण स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय धादिङमा निवेदनसमेत दिएका छन् ।
बुध, चैत्र ७, २०७४ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य समाचार समाचार

Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले