सार्क सीसीआई र ग्लोकल प्राइभेट लिमिटेडको बीचमा एमओयु हस्ताक्षर


काठमाडौँ , ५ चैत्र । सार्क वाणिज्य र उद्योग च्याम्बर द्वारा आयोजित सार्क बिजनेस लीडर कन्कक्लेभ २०१८ को अवसरमा, सार्क(सीसीआई र ग्लोकलले युवाहरूलाई उद्यमशीलता र शिक्षामा अवसर प्रदान गर्न र साझा सहयोग पुर्याउने उदेश्यले एमओयु हस्ताक्षर गरेका छन् ।

सो एमओयु सार्क(सीसीआई का अध्यक्ष श्री सुरज वैद्य र ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निदेशक श्री आशिष ठाकुरद्वारा द्वारा १८ मार्च, २०१८ मा श्री मात्रिका यादव, वाणिज्य र आपूर्ति मंत्री, नेपालस श्री हुमयुं रश्वा, वाणिज्य र उद्योग मंत्री, अफगानिस्तानस श्री ल्योन्पो लेके दोर्जे , आर्थिक मामला मंत्री, भुटान को उपस्थितिमा हस्ताक्षर गरिएको थियो ।

सम्झौता अनुसार दुवै पक्षले सार्क देशहरुमा रहेका किशोर(किशोरीलाई ग्लोकल टीन हिरो प्लेटफार्म प्रदान गर्ने र ग्लोकल टीन हिरो सार्क रास्ट्रहरुमा लैजानेछन् ।१३( १९ बर्षको किशोर(किशोरीहरुको लागी ग्लोकल टीन हिरो एउटा प्लेटफार्म हो जसले उनीहरुको शुरुवात, सृजना र उत्साहलाई पहिचान गरेर सम्मान गर्दछ ।

सोम, चैत्र ५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया