पाँच वर्षभित्र काठमाडौंमा रेल गुड्छ : महासेठ


काठमाण्डौ , ४ चैत ।
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पाँच वर्षभित्र काठमाडौंमा रेल गुड्ने दावी गर्नुभएको छ ।

आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको भन्दै उहाँले पाँच वर्ष्भित्रमा चमत्कार गरेर देखाउने दावी गर्नुभयो ।

रिपोर्टस क्लब नेपालको साक्षात्कारमा मन्त्री महासेठले सरोकारवाला निकायहरुसँग छलफल गरेर उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि योजना बनाइने स्पष्ट पार्नुभयो ।

स्रोत साधन भएपनि सदुपयोग हुन नसक्दा विकास नभएको भन्दै उहाले अब सबै स्रोत साधनको सदुपयोग गरिने बताउनु भयो ।

आइत, चैत्र ४, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया