कांग्रेसका नेता खड्का चडेको गाडी दुर्घटना , क्षेत्रीय अस्पतालमा उपचार हुँदै


वीरेन्द्रनगर, ४ चैत ।

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का सवारी दुर्घटनामा परि घाईते हुनुभएको छ ।

वीरेन्द्रनगरस्थित घरबाट छिञ्चु जाने क्रममा रत्न राजमार्गअन्तर्गत सुर्खेतको सत्तरीमा आज खड्का सवार बा १५ च ८३५२ नम्बरको हाइलक्स गाडी दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मोड्ने क्रममा अचानक पांग्रा लस्किएपछि गाडी दुर्घटनामा परेको थियो ।

खड्काको छाती र खुट्टा तथा उनका निजी सुरक्षा गार्ड प्रहरी नायव निरीक्षक (सई) सञ्जीव आचार्यको टाउकोमा चोट लागेको छ ।
उनीहरु दुवैको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

आइत, चैत्र ४, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया