डा. केसीको अनशन स्थगित (विज्ञप्तीसहित)


काठमाण्डौ , ४ चैत ।
डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनिएको अनसन स्थगित गर्नु भएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएसँगै त्रिवि शिक्षण अस्पतालका प्रा.डा.केसीले विज्ञप्ति जारी गरी अनसन स्थगित गरेको घोषणा गर्नुभएको हो ।

यद्यपि पराजुली माथि छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने डा. केसीको माग यथावत छ । विज्ञप्तिमा भनिएको छ, ‘गोपाल पराजुलीको पदमुक्तिले हाम्रो एउटा माग समेत पुरा भएको छैन । किनकी उनका सबै भ्रष्ट फैसला र क्रियाकलापको छानबिन भएर उनी कारबाहीको दायरामा पुग्नुपर्छ ।’

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवदेन तत्काल सार्वजनिक गर्दै दोषि पदाधिकारीलाई तत्काल कारबाही गर्न र यही महिना भित्र चिकित्सा शिक्षा अध्यादेशलाई ऐनमा परिणत गर्न डा. केसीले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

आफुले अघि सारेका मागहरु पुरा नभए सत्याग्रह सहितका कार्यक्रम ल्याउन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

आइत, चैत्र ४, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया