तिलोत्तमा गोल्डकपको उपाधिका लागि पुलिस र थ्री स्टार भिड्दै


भैरहवा , ३ चैत । रूपन्देहीमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र थ्री स्टारबीच प्रतिस्पर्धा हुँदैछ।

खेल बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा अपरान्ह ३ बजेपछि सुरू हुनेछ ।

सेमिफाइनलमा पुलिस आयोजक लाली रूपन्देही ११ लाई र थ्री स्टार मनाङ मर्स्याङ्दीलाई हराउदै फाइनल पुगेको हो ।

आजको फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ । यी २ टोलीबीच यो वर्ष फाइनलमा प्रतिस्पर्धा हुन लागेको तेस्रो पटक हो।

पुलिस तिलोत्तमामा गोल्डकपको ५ पटकको बिजेता टोली हो भने थ्री स्टारले अहिले सम्म उपाधि जित्न सकेको छैन।

प्रतियोगिताका विजेता टोलीले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ।

शनि, चैत्र ३, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया