विश्वकप छनोट प्लेअफमा नेपालले नेदरल्यान्ड्सको सामना गर्दै


काठमाडौ ३ चैत्र ।
आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो प्लेअफमा नेपालले आज नेदरल्याण्डको सामना गर्दैछ । अन्तर्रा्ष्ट्रिय क्रिकेटमा पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले सातौं स्थानका लागि आज नेदरल्यान्डसँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार दिउँसो साव १ बजेपछि सुरु हुनेछ । पहिलो प्लेअफमा बिहिबार पपुवा न्युगिनीलाई पराजित गरेको नेलालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरीसकेको छ ।

नेदरल्याण्ड पनि यस अघि नै एकदिवसीय मान्यता पाइसकेको छ । एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म चार पटक आमने सामने भएका छन् ।

जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् । प्रतियोगिता अन्तरगत आज नै नवौँ स्थानका लागि हङकङ र पपुवान्यूगिनीबीच पनि प्रतिस्पर्धा हुदैछन् ।

शनि, चैत्र ३, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया