जनप्रतिनिधीलाई राजिनामा दिन जनपरिषद बाराको आग्रह , अटेर गर्नेलाई कार्वाहि गर्ने चेतावनी


काठमाडौं , २ चैत ।
नेपाल कम्युनिष्ट पार्टीको भोजपुरा स्वायत्त प्रदेश अन्तरगत जनप्रतिनिधिसभा बाराको प्रथम जिल्ला अधिवेशनले २१ सदस्य जनप्रतिनीधी सभा गठन गरेको छ ।

आज सम्पन्न सम्मेलनले अर्जुन सापकोटाको अध्यक्षतामा सर्वसम्वत चयन गरेको छ । सम्मेलनको उद्धघाटन गर्दै मिलनले दलाल संसदवादी सत्ता जनविरोधी तथा राष्ट्रविरोधी गतिविधीमा लागेकाले त्यसको विकल्पमा जन परिषद (जनसत्ता) को पुनर्गठन गर्नु परेको बताउनु भयो ।

उहाँले अहिले भ्रष्टचार कालोबजारी तथा विचौलीया प्रवृति का कारण जनताले दुख पाईरहेको बताउनु भएको थियो ।

वर्तमान दलाल संसदवादी सत्ताले मुलुकमा राष्ट्रघाति तथा जनघाति गतिविधी बढाई रहेकाले यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि एकताबद्ध भएर अघि बढ्नु पर्नेमा उहाले जोड दिनुभयो ।

यस्तै जनप्रतिनिधीसभाको प्रथम बैठकले रामेश चौधरीलाई जिल्ला जनपरिसद प्रमुखमा निर्वा्चित गरेको छ ।
नवनिर्वा्चित जनसत्ता प्रमुख रामेश चौधरीले आज विज्ञप्ति जारी गर्दै राष्टी«यसभा, प्रतिनिधीसभा, प्रदेश सभा, नगर तथा गाँउपालीकाका सम्पूर्ण तहका सदस्यहरुलाई तत्काल राजिनामा दिई वैज्ञानिक समाजवादको पक्षमा अघि बढिरहेको आन्दोलनमा सहयोग÷समर्थन र सहभागी हुन अपील गर्नुभएको छ ।

उहाले राजीनामा नदिए कारबाही गर्ने चेतावनीसमेत दिनुभएको छ । सम्पूर्ण उद्योगी ÷व्यवसायी तथा सम्वन्धित सवैले भ्रष्ट सरकारलाई कर बन्द गरी जन परिषद (जनसत्ता) मा कर बुझाउन पनि विज्ञप्ति मार्फत आग्रह गरीएको छ ।

शुक्र, चैत्र २, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया