
बुटवल, १ चैत ।
बुटवलमा जारीे २० औँ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगिताको उपाधिका लागि नेपाल प्रहरी र थ्रीस्टार क्लव भिडने भएका छन् ।
आज भएको अन्तिम सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई २–१ गोल अन्तरले पछि पार्दै थ्रीस्टारले फाइनलमा स्थान सुरक्षित गरेको हो । अब उसले उपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ । यी २ टिमबीच शनिबार भिडन्त हुने छ ।
आजको खेलमा अग्रता भने मनाङले लिएको थियो । २३ औं मिनेटमा विशाल राईको पासमा फ्लोरेनले गोल गरेका थिए । तर, यो खुसी धेरैबेर टिक्न सकेन । एक मिनेट बित्न नपाउँदै थ्री स्टारका बुद्ध चेम्जोङले बराबरी गोल गरे । पहिलो हाफकै ३८ औं मिनेटमा थ्रीस्टारले पाएको फ्रि किकमा निराजन खड्काले गोल गरे । दोस्रो हाफमा थप गोल हुन सकेन र थ्रीस्टार विजयी बन्यो ।
आजको खेलमा थ्रीस्टारकै बुद्ध चेम्जोङ म्यान अफ दि म्याच हुँदै रु ११ हजार १११ प्राप्त गरे ।
तीन विभागीयसहित १० टिम सहभागी प्रतियोगिताको विजेताले रु सात लाख ७७ हजार ७७७ तथा उपविजेताले रु चार लाख ४४ हजार ४४४ हात पार्नेछन् ।
बिहि, चैत्र १, २०७४ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य खेलकुद समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले