मेयर चौधरीलाई गोली हानेको भन्दै नेकपाका तीन नेता गिरफ्तार , आफ्नो पार्टीको संलग्नता छैनः महान


काठमाडौ २९ फागुन ।

नेपाल कम्युनिस्ट पार्टीले घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको गोलीकाण्डमा आफ्नो पार्टीको संलग्नता नरहेको बताएको छ ।

प्रहरीले आफ्ना तीन नेतालाई घरबाटै गिरफ्तार गरेको घटनाप्रति आपत्ती जनाउदै नेकपाले चौधरीमाथि भएको आक्रमणमा पार्टीको कुनै संलग्नता नभएको प्रष्ठ पारेको हो ।

नेकपा कैलालीका इन्चार्ज महानले भन्नुभयो , ‘घटनामा हाम्रो पार्टीको संलग्नता छैन, हाम्रो निर्दोष साथीहरुलाई मध्यरात अपहरणशैलीमा गरिएको गिरफ्तारीप्रति हाम्रो आपत्ति छ ।

उहाँले तीनै जनालाई तत्काल रिहा गर्न समेत माग समिेत गर्नुभयो ।

मेयर ममताप्रसद चौधरीमाथि हिजो साँझ उनकै घरमा अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको थियो । प्रहरीले ममताप्रसाद चौधरीमाथि गोली प्रहारमा संलग्नाको आशंकमा नेकपा कैलालीका तीन नेतालाई गिरफ्तार गरेको छ ।
सुख्खडस्थित आफ्नै घरमा सुतिरहेका कमल क्षेत्री र भरत शाहलाई प्रहरीले राति ३ बजेतिर गिरफ्तार गरेको थियो । त्यसैगरी हृदय बोगटीलाई कैलालीको टिकापुरस्थित घरबाटै गिरफ्तार गरेको हो ।

अज्ञात समुहको प्रहारबाट चौधरीको कम्मरमुनि गोली तथा टाउको र दाँया हातमा खुकुरीको चोट लागेको छ ।

उहाँको नेपालगंज मेडिकल कलेजमा उपचार भईरहेको छ । नगर प्रमुख चौधरीको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

मङ्ल, फाल्गुन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया