नेपाल पत्रकार महासंघ ललितपुरका कोषाध्यक्ष कार्कीलाइ ज्यान मार्ने धम्की


ललितपुर, फागुन २ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कोषाध्यक्ष तथा दैनिकीन्युजका सम्पादक रामहरि कार्कीलाई समाचार लेखेकै अाधारमा ज्यान मार्ने धम्की अाएकाे छ ।

माघ २८ गते प्रकाशित समाचारको विषयलाई लिएर महाकांल गाउँपालिका वडा नं. ४ का एमालेबाट निर्वाचित वडा अध्यक्ष शान्ताप्रसाद गौतमले ज्यान मार्ने धम्की दिएकाे भन्दै कार्कीले प्रहरीमा उजुरी दिएका छन् ।

दैनिकीन्युजमा प्रकाशित समाचार “झोलामा कार्यालय, गाउँ नै जाँदैनन् जनप्रतिनिधि” शीर्षकमा समाचार प्रकाशन गरेपछि गाैतमले धम्की दिएका हुन । उनले फागुन १ र २ गते ९८५१२२९२१८ नम्बरको मोवाइलबाट फोन गरी अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएका हुन् ।

मध्ये रातमा फोन गरी समाचारको विषयलाई लिएर अश्लिल शब्द प्रयोग गरेका थिए । समाचार प्रकाशित विषयलाई चित्त नबुझे सम्बधित निकाय प्रेस काउन्सिल तथा अदालत जान पटक पटक आग्रह गर्दा कुरै नसुनी जहाँ भेट्यो त्यहाँ मारिदिने चेतावनी दिएका हुन् ।

यस सम्बन्धमा नेपाल पत्रकार महासंघ ललितपुर र चापागाउँ, सातदोबाटो प्रहरी वित्तलाई समेत जानकारी गराइएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघ ललितपुर शाखाले पत्रकार कार्कीलाइ कार्कीलाई समाचार लेखेको विषयमा आएको धम्कीप्रति गम्भिर ध्यानाकृष्ट भएको भन्दै   मानमर्दन गर्ने र ज्यानमार्ने सम्मको धम्की दिनेलाई कानुनी कारबाही र पत्रकारले निर्धक्कका साथ कामगर्ने वातावरण बनाउन हामी राज्यसंग माग गरेकाे छ ।

बुध, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया