प्रचण्डले माअाेवाद पनि छाेडेपछि एमाले-माकेबीच एकता टुङ्गियो:अाेली सेरेमाेनियल ,प्रचण्ड कार्यकारी अध्यक्ष


काठमाडाैँ, ३ माघ । नेकपा एमाले र माअाेवादी केन्द्रबीच एकताकाे अन्तिम खाका तयार भएकाे छ । दुर्इ पार्टीकाे उच्च तहमा भएकाे छलफल नयाँ पार्टीमा दुर्इ अध्यक्ष राख्ने सहमति भएकाे छ ।

बुधवार दिनभर केपी अाेली र प्रचण्डबीच दुर्इ तीन चरणमा एक्ला एक्लै र अाअाफ्ना पार्टीमा अलग अलग छलफल गरी याे खाका टुङ्गाे लगाएका हुन् । दुबै पार्टीकाे बैठक अाज दिनभर ललितपुरकाे कुमारीपाटीमा रहेकाे एक ठेकेदारकाे घरमा भएकाे थियाे ।

धेरै पटक नजिक अाउँदै भत्किदै गरेकाे पार्टी एकताकाे प्रयास अन्तिममा प्रचण्ड र केपी अाेलीकाे हैसियत समान हुने भनेपछि कुरा मिलेेकाे हाे । अन्तिममा मिलेकाे सहमति अनुसार अब केपी अाेली र प्रचण्ड दुबै जना पार्टीकाे अध्यक्ष हुनेछन । दुर्इ अध्यक्ष मध्ये अाेली सेरेमाेनियल अध्यक्ष हुनेछन भने प्रचण्ड कार्यकारी अध्यक्ष हुनेछन् । अाेली प्रधानमन्त्री हुने भएकाे हुनाले उनी सेरेमाेनियल अध्यक्ष हुन सहमत भएका हुन् । नयाँ पार्टीमा दुर्इ अध्यक्ष बाहेक अरु कुनै पदाधिकारी पद नबनाउने कुरामा सहमति भएकाे छ ।

त्यसैगरी प्रधानमन्त्री र राष्ट्रपति दुबै पद एमालेले लगेकाे छ । एमालेबाट केपी अाेली प्रधानमन्त्री हुनेछन भने राष्ट्रपति पनि एमालेबाटै बामदेव गाैतम, झलनाथ खनाल, विद्यादेवी भण्डारी हुनसक्ने बताइएकाे छ । माअाेवादी केन्द्रले भने उपराष्ट्रपति र सभामुख बनाउनेछ । उपसभामुख भने एमालेले नै लगेकाे छ ।

अाेली प्रधानमन्त्री भए पनि उनी साढे दुर्इ वर्षमात्र प्रधानमन्त्री हुनेछन । दुर्इ पार्टीले प्रधानमन्त्री अालाेपालाे चलाउने सहमति गरेका छन् । साढे दुर्इवर्षपछि अाेलीले सरकार छाेडेर प्रचण्डलार्इ सुम्पनेछन् र उनी पार्टीकाे कार्यकारी अध्यक्षमा फर्कनेछन् ।

प्रचण्डले माअाेवादी पनि छाेडे

जनयुद्ध छाडेर संसदीय व्यवस्थाकाे भासमा डुबेेकाे भन्दै निकै अालाेचना खेपेका प्रचण्डले अन्तत: माअाेवाद पनि त्यागेका छन् । अब दुर्इ पार्टीकाे एकताका क्रममा प्रचण्डले माअाेवाद पनि छाेडेका छन् । नयाँ सहमति अनुसार अब पार्टीकाे राजनीतिक दर्शन मार्क्सवाद र लेनिनवाद रहनेछ । त्यसैगरी पार्टीकाे कार्यदिशा समाजवाद उन्मुख हुने मात्र भनिएकाे छ । त्यसकै अाधारमा कार्यदिशा निर्माण गरिने सहमति भएकाे छ । त्यसैगरी संगठनात्मक संरचना बनाउन कार्यदल बनाइने भएकाे छ । एउटा कार्यदलले कार्यदिशा निर्माण गर्नेछ भने एउटा कार्यदलले संगठनात्मक संरचनाकाे खाका तयार गर्नेछ ।

एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति भएकाे छ । तर, यही नाम नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा पार्टी छ । साे पार्टीले प्रचण्डले जनयुद्धमा धाेका दिएकाे भन्दै नयाँ क्रान्तिकाे थालनीकाे घाेषणा गर्दै विभिन्न कार्यक्रम गरिरहेकाे छ । याे सहमतिबाट उनीहरुले त्याे नाम जवरजस्त खाेस्न खाेजेकाे हाे कि भन्ने देखाएकाे छ ।

त्यसैगरी नयाँ पार्टीकाे केन्द्रीय समिति ९९ जनाभन्दा बढी नबनाउने सहमति भएकाे छ । त्यस्तै नयाँ पार्टीकाे पोलिटब्यूरो ३३ र स्थायी कमिटी ११ सदस्यीय हुने सहमति भएकाे स्राेतले जनाएकाे छ ।

सहमति जुटाउन यस्ताे गरियाे

एमाले र माओवादीबीच हुने भनिएको पार्टी एकतको चरण-चरणमा आज वार्ता, सम्वाद र छलफल भयो । सुरुमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच विहान करिब ११ बजे ‘वान टु वान’ वार्ता भएको थियो । आज दिनभरको वार्ता ललितपुरस्थित एक उद्योगी शरदप्रसाद अधिकारीको घरमा बैठक बस्याे ।

दुवै नेताले पार्टी एकताका आधारभूत मोडल र सरकार गठनबारे खाका तयार पारे । सो खाका बोकेर दुई नेता पार्टीको आन्तरिक छलफलमा व्यस्त रहे । ओलीले आकस्मिकरुपमा सोही निवासमा पार्टी स्थायी समितिको बैठक बोलाएर व्रिफिङ गरे भने प्रचण्डले आफ्नो निवास खुमलटारमा पार्टीका नेताहरुलाई थाहा दिए । दुवै नेता पुनः ३ बजेतिर वान टु वान वार्तामा रहे र सो खाकामा सहमति कायम गरी पार्टी एकता संयोजन समितिको बैठक डाके ।

अहिले सोही खाकाबारे बेठकमा छलफल चलिरहेको छ । बैठकले एकताको अन्तिम खाका तयार पार्दैछ ।

बुध, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया