कङ्गोमा दुई जातिबीचको झडपमा १३ जनाको मृत्यु


एजेन्सी , २ फागुन ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दुई फरक जातिबीच भएको झडपमा परी १३ जना स्थानीयको मृत्यु भएको छ ।

कङ्गोको इतुरी प्रान्तको एक गाउँमा हेमा तथा लेन्डु समुदायका सदस्यबीच आज झडप भएको प्रान्तीय अधिकारीले जनाएका छन् ।

यसअघि पनि गतहप्ता मात्र यी दुई जातिका बीचमा भएको यस्तै अन्तरजातीय भगडाका कारण २६ जना मारिएका थिए । त्यसपछि आज फेरि यी दुई बीच ठूलो झडप भएको बताइएको छ ।

सो क्षेत्रमा विभिन्न जातिका बीचमा यसरी नै समय समयमा झडप हुने गरेको छ । जसका कारण यहाँ एकले अर्काे जातिको हत्या गर्ने गरेका छन् । यसबाट केही वर्षयता मात्र पनि हजारौँ नागरिक मारिएका छन् ।

झडपपछि अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी र सेना परिचालन गरिएको र स्थिति सुरक्षा नियन्त्रणमा रहेको बताइएको छ ।

उक्त क्षेत्रमा सन् २००१ र सन् २००६ मा भएका उक्त दुई समुदायबीचको हिंसात्मक द्वन्द्व कम्तिमा ६० हजार नागरिकले ज्यान गुमाएका थिए । यहाँ अहिले पनि समय समयमा जातीय कलह फैलिने गरेको पाइन्छ ।

बुध, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार