माेदीले दिए अाेलीलार्इ भावी प्रधानमन्त्रीकाे रूपमा बधार्इ,प्रचण्ड बन्लान् पार्टी अध्यक्ष ?


काठमाडौं, माघ ७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका छन् ।

आइतबार अपराह्न  टेलिफोन गरि प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोनवार्तामा अंग्रेजी नयाँवर्ष २०१८ को शुभकामना आदान–प्रदान भएको अधिकारीले बताए ।

मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीकारुपमा पदभारग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उनलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेका छन् ।प्रधानमन्त्री मोदीले यसअघिको नेपाल भ्रमणमा यी तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गरेका थिए ।

माेदीले अाेलीलाइ प्रधानमन्त्रीका रूपमा नै शुभकामना दिएपछि माअाेवादी र एमालेबीचकाे पार्टी एकतापछि प्रचण्ड पार्टी अध्यक्ष बन्ने चर्चा चलेकेा छ । एकतापछि एकजना अध्यक्ष र अर्काे प्रधानमन्त्री भनेर सहमती भएकाेले पनि अाेली प्रधानमन्त्री भए प्रचणडलाइ  अध्यक्षकाे बाटाे खुल्नेछ ।

आइत, माघ ७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार