एमाले-माओवादी एकता संयोजन समितिको बैठकले गर्याे यस्ता तीन निर्णय : पार्टी एकता किन अन्याेलमा ?


काठमाडौं , ७ माघ  । 

एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकले प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यादलको रिपोर्ट अनुमोदन गर्ने निर्णय गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवासबामा बसेको  बैठकले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनका लागि गठित कार्यदलको रिपोर्ट अनुमोदन गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव मनहरि तिमल्सिनाले जानकारी दिनुभयाे ।

बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनले बनाएको साझा चुनावी घोषणा पत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डामा गृहकार्य गर्न नयाँ कार्यदल गठन गर्ने समेत सहमति गरेको छ।

त्यसैगरी दुई पार्टीबीचको जारी छलफललाई निष्कर्षमा पुर्‍याएर वैचारिक र सांगठानिक कार्यदल बनाउने निर्णयसमेत गरेको छ।

आइत, माघ ७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter