ओली-प्रचण्डले पार्टी एकताबारे ठाेस सहमती गर्न सकेनन् ! के भयाे वार्तामा ?


६ माघ,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डबीच भएको शनिबारको वार्ता पनि कुनै सहमतिमा पुग्न सकेन ।

पार्टी एकताको लागि निर्णयक भनिएको वार्ता भोलि बस्ने संयोजन समितिको एजेण्डामै सिमित भयो । आजको वार्तामा मुख्यमन्त्रीको पनि टुंगो लगाउने बताइएको थियो ।

बैठकपछि प्रचण्डले संयोजन समितिको बैठक र गर्ने निर्णयबारे छलफल भएको बताए । जुन एजेण्डा हिजै तय भइसकेका थिए । हिजो ३ घण्टा लामो चलेको बैठकमा शनिबार आ–आफ्नो पार्टीमा छलफल गर्ने भनिएपनि दुबै अध्यक्षले त्यस्तो कुनै आन्तरिक छलफल गरेको सार्वजनिक भएको छैन ।

शनिबार विहान एमालेका केही नेताहरुले अध्यक्ष ओलीसँग समान्य छलफल गरेको बताइएको छ । तर, प्रचण्डले भने नेताहरुसँग कुनै बसाई गरेनन् ।

आइतबार बस्ने भनिएको बैठकमा प्रदेश सरकार र राष्ट्रियसभा निर्वाचनबारे गृहकार्य गर्न बनेको कार्यदलले औपचारिक रुपमा रिपोर्ट बुझाउनेछ । कार्यदलले एमाले र माकेलाई पाउने गरी राष्ट्रियसभाका ४३ सिटको भाग बण्डा गरेको छ । जसमा २९ एमाले र १४ माओवादीले पाउने सहमति जुटाएको छ ।

दुई घण्टासम्म चलेको ओली–प्रचण्ड वार्तामा वैचारिक राजनीतिक तथा संगठन र नेतृत्वबारे छलफल कुरा भएको बताइए पनि विगतमा झै ठोस सहमति भएको छैन । त्यसैले भन्न सकिन्छ आजको बैठक पनि ‘हात्ति आयो फुस्सा’ ।

शनि, माघ ६, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया