बालकोटमा ओली र प्रचण्डबीच वार्ता शुरु,पार्टी एकता प्रक्रिया अघि बढ्ला ?


काठमाडौं ,माघ ६ ।
पार्टी एकतालाई मुर्त रुप दिने बिषयमा नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’बीच छलफल भईरहेको छ ।

निवास बालकोटमा जारी वार्तामा नेताहरुको जिम्मेवारी बाँडफाँट लगायतका बिषयमा दुई अध्यक्षबीच छलफल भईरहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि दुवै दलका अध्यक्षबीच छलफल भएको हो ।
यसअघि हिजो पनि ओली र प्रचण्डबीच भएको भेटर्वातामा तीन बुँदामा छलफल भएको थियो । उक्त भेटमा आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने तयारी भएको छ ।

पार्टी एकता संयोजन समितिको बैठक बोलाउनअघि पार्टी एकताबारे जोडिएका विविध विषयमा आज पनि छलफल हुने अधिकारीले बताउनु भयो ।

दुवै पार्टीका शिर्ष नेताको जिम्मेवारी बाँडफाँट तथा पार्टी एकताको खाका तयार गर्न एमाले र माओवादी केन्द्र सम्मिलिति संयुक्त कार्यदलको बैठक भोली बस्ने तयारी भएको छ । दुई अध्यक्षबीचको सहमतीलाई भोली बस्ने कार्यदलको बैठकले अनुमोदन गर्ने नेताहरुले जनाएका छन् ।
ओली स्वास्थ्य परिक्षण गरी फर्केपछि पार्टी एकताको पहल गर्न कार्यदल गठन गर्ने सहमती बैंकक जानु अघि नै भएको थियो ।

राष्ट्रिय सभामा वाम गठबन्धनले ५६ मध्ये ४३ पदका लागि उम्मेदवारी दिने निर्णय गरिसकेको छ । निर्णयमा एमालेलाई २९ र माओवादीलाई १४ पद दिने सहमति भए पनि त्यसलाई सामान्य हेरफेर गर्ने तयारी छ ।

शनि, माघ ६, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार